जेठ ०७, २०८१, सोमबार
               

सचिवालय बैठकबाट एकाएक किन बाहिरिए ओली ?

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेकपा सचिवालय बैठकबाट अध्यक्षमध्येका एक प्रधानमन्त्री केपी शर्मा ओली एकाएक बाहिरिएका छन् ।

बैठकमा चर्काचर्की भएपछि ओली बाहिरिएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि ओली बैठक कक्षबाट बाहिरिएको सचिवालयका एक सदस्यले बताए । बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक मुख्य जिम्मेवारीको अडान राखेपछि ओली आक्रोशित बनेका थिए ।

स्रोतका अनुसार ओलीलाई सचिवालय भन्दा स्थायी कमिटीको सामना कठीन छ । उनलाई सरकारमा रहेका तथा पछिल्लो समयमा कित्ता परिवर्तन गरेका सबैले साथ दिए पनि ४४ सदस्यीय स्थायी कमिटीमा ओलीको पक्षमा अधिकतम १८ जना पुग्ने अवस्था छ भने उनको विपक्षमा २६ जना छन् । 

यो अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा नेता नेपाल समूहलाई विभाजन गरी एउटालाई आफ्नो पक्षमा पूर्ण रुपमा नल्याएसम्म स्थायी कमिटी टार्ने ओलीको कसरत हुनेछ । स्थायी कमिटीको बैठक भोलि बिहीबार बस्ने भनिएको छ ।

यसैबीच नेकपा उपाध्यक्ष वामदेव गौतमले आज बुधबार विहान अध्यक्ष दाहाललाई भेटेर आफू ओली कित्तामा नगएको स्पष्ट गरेको खबर प्राप्त भएको छ । यसबाट पनि ओली अझै सशंकित भएको समाचार स्रोतको दाबी छ ।

 


कस्तो लाग्यो ?

यो पनि