काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको महासचिवमा भरतराज गौतमको नाम सिफारिस गरेका छन् ।
यसअघि महासचिव रहेका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि उक्त पद रिक्त थियो। बजेट अधिवेशन सुरु हुनुअघि सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको परामर्शमा गौतमको नाम सिफारिस गरेका हुन्।
महासचिवको नियुक्ति र कार्यबाहकको जिम्मेवारी दिँदा सभामुखले राष्ट्रियसभा अध्यक्षको परामर्श लिनुपर्ने कानुनी व्यवस्था छ।
सोही कानुनी प्रावधानअनुसार सापकोटाले तिमिल्सिनासँग छलफल गरेका थिए। मंगलबार र भएको छलफलमा दुवैले गौमतको नाम सिफारिस गरेका हुन् ।