असोज ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद बैठक सुरु, होला त लकडाउन खुकुलो ?

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा संसद बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ  । 

मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना छ । जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

त्यस्तै आजको बैठकले कोरोना भाइरसको कारण गरिएको लकडाउनको मोडालिटी केही परिवर्तन गर्नेबारे गृहकार्य गर्ने बताइएको छ ।

लकडाउन खुकुलो !

सरकारले देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको बताइएको छ ।

स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई ग्रिन जोन, एलो जोन र रेड जोनमा विभाजन गरिनेछ । 

त्यसरी विभाजन गरिएपछि कोरोना संक्रमण नियन्त्रणमा रहेको क्षेत्रलाई ग्रिन जोनमा राखिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिनेछ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । 

संक्रमण नियन्त्रण बाहिर रहेको (रेड जोन) क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

यो पनि