जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालय बैठक सम्पन्न, अध्यक्षद्वयले गरे आत्मालोचना

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टी विवाद उत्कर्षमा पुगेका बेला बहुप्रतिक्षीत नेकपा सचिवालयको बैठक सकिएको छ ।

बैठकले पार्टी एकताको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीले सरकार र पार्टी संचालनका क्रममा भएका कमीकमजोरीप्रति आत्मालोचना गरेका थिए । अबदेखि आपसी सहमतिमा सरकार र पार्टी संचालन गर्ने प्रतिवद्धता उनले जनाएको बैठकपछि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने- 'यसबीचमा भएका कमिकमजोरीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरु कमरेडहरूले पनि आत्मालोना गर्नुभएको छ ।'

त्यसैगरी बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने गरी पहल गर्ने निर्णय गरेको छ । बैठकअघि अबको प्रधानमन्त्री आफू बन्ने भनेर गौतमले ओलीसँग सहमति गरेका थिए । सहमतिपछि नेकपा सचिवालयको समीकरण नै उल्टिएको थियो । सोही कारण प्रधानमन्त्री ओलीको राजीनामा तत्कालका लागि टरेको थियो ।

सरकारले गर्ने महत्त्वपूर्ण काम तथा उच्च पदका नियुक्तिहरू अबदेखि पार्टीको निर्णयअनुसार गर्ने सहमति भएको छ ।

त्यसैगरी पार्टीको सचिवालय बैठक बैशाख २४ गते र स्थायी समिति बैठक बैशाख २५ गते बस्ने भएको छ ।

प्रवक्ता श्रेष्ठले पार्टीमा तीनवटा अध्यक्ष राख्नेबारे प्रस्ताव आएको तर त्यो प्रस्ताव अगाडि बढ्ने जानकारी दिए । सचिवालय बैठकले सम्पूर्ण पार्टी पंतिलाई एकताको पक्षमा उभिन तथा कोरोना संक्रमणविरुद्ध एक भएर लड्न आग्रह पनि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि