जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालय बैठक सुरु

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको हाे । 

सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न गत बुधबार बसेकाे सचिवालय बैठक निर्णयविहीन सकिए पछि आज फेरि बसेकाे हाे ।

बुधबार बसेकाे बैठकमा पार्टीका आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरण, सरकारका काम र स्थायी कमिटीको बैठकका बारेमा छलफल भए पनि निर्णय लिन सकेको थिएन ।

यसैबीच बुधवार उपाध्यक्ष वामदेव गौतमलाई काेराेना न्यूनिकरणपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई तत्कालै उपप्रधानमन्त्री र सचिवालयकाे संख्या थप गर्ने प्रस्ताव पेश गर्न लागेकाे बालुवाटार स्राेतले जनाएकाे छ । ६ महिनाभित्र संसदमा निर्वाचित गराएर वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले पेश गर्ने छन् ।

बालुवाटार स्रोतले यो दाबी गरे पनि वामदेवलाई उपप्रधानमन्त्री बनाउन सहज भने छैन । संविधानको धारा ७८ काे उपधारा ४ ले त्यसमा रोक लगाएको छ ।त्यहाँ ' उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन' लेखिएको छ । उपधारा १ मा भने राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यो भने प्रतिनिधिसभा उम्मेदवार भई पराजित नभएको व्यक्तिको हकमा आकर्षित हुने देखिन्छ । तर बालुवाटार स्रोतले भने राष्ट्रियसभा सदस्य बनाएमा वामदेवलाई सरकारमा जान संवैधानिक अवरोध नहुने जिकिर गरेको छ ।

करिवकरिव सरकार र पार्टीको नेतृत्व गुमाउने अवस्थामा पुगिसकेको भनिएका ओलीले पछिल्ला दुई दिनमा नेता वामदेवसहित सचिवालय सदस्यद्वय विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा वादललाई आफ्नो अनुकुल बनाएको बालुवाटार स्रोतको दाबी छ । त्यो स्रोतका अनुसार अब प्रधानमन्त्री ओली 'कम्फर्ट जोन'मा पुगेका छन् ।

अध्यक्षको कुर्सी आसनमा परिवर्तन

पहिले
अहिले

यो पनि