जेठ ०७, २०८१, सोमबार
               

सबैको आँखा बालुवाटारमा, एकघण्टा सर्‍यो सचिवालय बैठक

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तासीन दल नेकपाको विवादले उत्कर्षमा पुगिरहेकोबेला यतिबेला देशकै ध्यान बालुवाटारमा बस्न लागेको सचिवालय बैठकतर्फ लागेको छ ।

सचिवालय बैठकमा नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न दबाब दिने रणनीति लिएका छन् ।

यता प्रधानमन्त्री भने कोरोना संक्रमणपछि वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावमा छलफल गराउन चाहन्छ । प्रचण्ड र नेपाल पक्षधरहरूको बुझाइ भने प्रधानमन्त्रीले शक्ति संचयका लागि समय लिन खोजेको भन्ने छ ।

यसैबीच प्रधानमन्त्रीले कार्यव्यस्तता देखाउँदै सचिवालय बैठक ४ बजेको सट्टा एक घण्टा ढिलो गर्ने गरी बोलाएका छन् । यसबीचमा उनले नेता वामदेवलाई निवासमै बोलाएर छलफल गरेका छन् ।

 

यो पनि