असोज ०६, २०८१, आइतबार
               

बम बिस्फोटको घटना अनुसन्धान गरी कारबाही गर्न कांग्रेसको माग

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको छ । 

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा चार जना बालबालिकाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाका दोषीलाई कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । 

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा चार अवोध बालबालिकाको मृत्यु भएको उक्त घटनाबाट कांग्रेससँगै सिंगो देश मर्माहत भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, 'एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ ।'

विज्ञप्तिमा भनिएको छ, 'द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।'

'नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ ।' विज्ञप्तिमा भनिएको छ, 'जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।'


कस्तो लाग्यो ?

यो पनि