जेठ ०९, २०८१, बुधबार
               

मजदुरलाई राहतको व्यवस्था गर्न सभापति देउवाको आग्रह

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो गुजारा गरेर छाक टार्न समसया भोगिरहेकाहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार एक सय ३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले लकडाउनका बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझै बढी कष्टकर हुन पुगेको बताएका हुन् ।

‘श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ, लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु,’ देउवाद्वारा उल्लेखित विज्ञप्तिमा भनिएको छ ।   
 


कस्तो लाग्यो ?

यो पनि