असोज ०६, २०८१, आइतबार
               

विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए । 

प्रहरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । 

सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि