जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालय बैठक निर्णयविहीन

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । चर्को विवादबीच बहुप्रतीक्षित नेकपाकाे केन्द्रीय सचिवायल बैठक सम्पन्न भएकाे छ । आज बसेको सचिवालय बैठकमा बैठकमा पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन ।

आजको बैठकमा पार्टीका आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरण, सरकारका काम र स्थायी कमिटीको बैठकका बारेमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने  ‘पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै आवश्यक निर्णय गर्नेछ ।’

आजकाे बैठकमा जनताले दिएको म्याण्डट अनुसार उपयुक्त निर्णय लिन आवश्यक कदम चाल्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए। साथै चैत २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि