जेठ ०७, २०८१, सोमबार
               

नेपकपा सचिवालय बैठक सुरु

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले नेपाल फ्लासलाई बताए।

सचिवालय बैठकमा दाहाल र नेपाल पक्षले माग गर्दै आएको स्थायी समिति बैठक बोलाउने कि नबोलाउने भन्ने विषयमा हुनेछ  ।

सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरूले सचिवालय बैठक बस्नुपर्ने माग गर्दै आइरहेका थिए।

दुई अध्यक्षबीच हिजो बालुवाटारमा भएको छलफलपछि आज बैठक बस्ने टुंगो लागेको थियो। आजको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ।

सचिवालय बैठकअघि आज दिउँसो अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू बालुवाटार पुगेर आफूहरू साथैमा रहेको विश्वास दिलाएका थिए। 

 


कस्तो लाग्यो ?

यो पनि