जेठ ०७, २०८१, सोमबार
               

हटाउने प्रस्ताव आए संसदीय दलमा 'फेस' गर्ने ओलीको रणनीति

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग गर्न दबाब परेको छ ।

बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीबाट राजीनामाको प्रस्ताव आउने कतिपय नेताहरूको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री ओलीले भने संसदीय दलको नेताको निर्वाचन 'फेस' गर्ने रणनीतिमा छन् । एक नेताकाअनुसार संसदीय दलमा ओली अझै अल्पमतमा छैनन् । उनको पक्षमा दलमा बहुमत हुने दाबीसहित ओलीलाई फेर्न नहुने भन्दै हस्ताक्षरसमेत स‌ंकलन गर्न थालिएको छ ।

ओलीले बुधबार बालुवाटारमा आफू निकटका सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीको छनोट पार्टी कमिटीबाट नभई संसदीय दलबाट हुने बताइसकेका छन् ।

सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेलमात्र छन् । सदैव समन्वय र एकताको पक्षमा उभिँदै आएका महासचिव विष्णु पौडेल पनि विवादास्पद अध्यादेशसँगै बालुवाटारबाट टाढिन बाध्य बनेका छन् ।

ओली भने पूर्वमाओवादी एवं हालका गृहमन्त्री रामबहादुर थापा वादलको साथ र समर्थन जुटाउने कसरतमा छन् । त्योसागै टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र दिनानाथ शर्माहरूलाई ओली खेमाले नजिक ल्याउँदै गएको छ ।

 

ओली निकट एक स्थायी समिति सदस्यका अनुसार पार्टीले निर्देशन दिए पनि प्रधानमन्त्रीले राजीनामा दिने छैनन् । उनी राजनीतिक नियुक्ति एवं सरकार सञ्चालनमा उच्चस्तरीय संयन्त्र बनाउने, मन्त्री हेरफेर गर्ने तथा मुख्यमन्त्रीहरूको परिवर्तनसमेतमा सहमत हुने छन् । प्रधानमन्त्री निकटकाहरू भने ओलीका लागि जनमत आएको भन्दै पूरै कार्यकाल सरकारमा रहनुपर्ने अडानमा छन् ।

सचिवालय बैठक साँझ ५ बजे बस्ने भनिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि