जेठ ०७, २०८१, सोमबार
               

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच भएको छलफल सकिएको छ । 

नेकपाभित्र ठेलामठेल जारी रहेका बेला दुई अध्यक्षबीच भएको यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको सो छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।  

यसअघि सोमबार कोटेश्वर नेपाल निवासमा कार्यदल नै बनाएर ओली र नेपाल पक्षबीच छलफल भएको थियो । 

साे छलफलमा पनि सचिवालय बैठक बोलाउन नेपाल पक्षले दबाब दिएको  थयाे । 

त्यस्तै, नेपाल निवासमा नेपाल पक्ष र ओली पक्षबीच छलफल भइरहँदा खुमालटारमा अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच भएको भेटघाटले पनि सचिवालय बैठकबारे केन्द्रित भई कुराकानी भएको थियो ।

यसका अलवा यसअघि नेकपाभित्रबाट नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो बैठक बोलाउन आग्रह गर्दा उनले बेवास्था गर्दै आएका थिए । 

मंगलबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एक घन्टा कुराकानी भएको छ ।  
 

यो पनि