जेठ ०५, २०८१, शनिबार
               

रौतहटका दुई गाउँ सिल, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुने

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटका दुई गाउँ सिल गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले रौतहटले वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई सिल गरेको हो । 

प्रशासनले भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ र नहरटोलको पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर (मन) र उत्तरमा खसरहिया तोकी इलाका सिल गरेको हो । 

प्रशासनले मंगलबार यी स्थानमा दुई कोरोना संक्रमित देखिएकाले सिल गर्नुपरेको जनाएको छ । 

प्रशासनले सिल गरेको क्षेत्रमा चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाइएको छ । 

प्रशासनले निकालेको सो सूचनामा तोकेको चौघेरा तोडी मानिस आवतजावत गरेमा कानुनबमोजिम कारबाही हुने पनि जनाएको छ । 
 

यो पनि