बैशाख १७, २०८१, सोमबार
               

मुद्दा दर्ताका लागि जनता समाज पार्टी सरकारी वकिल कार्यालयमा

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडाैं ।नवगठित पार्टी जनता समाजवादी पार्टीका नेता काठमाडौं अदालत सरकारी वकिल कार्यालय पुगेका छन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न उनीहरु सरकारी वकिल कार्यालय काठमाडौं पुगेका हुन् । 

केही दिनअघि उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए । तर, प्रहरीले दर्ता नगरी फिर्ता पठाएपछि मंगलबार उनीहरु सरकारी वकिल कार्यालयमा गएका हुन् । 

नवगठित जनता समाजवादीका नेता तथा पूर्वराज्यमन्त्री यादवलाई १० वैशाखमा सत्तारुढ दलका सांसद महेश बस्नेतलगायतले महोत्तरीबाट काठमाडौं ल्याइएको थियो । 

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै उनीहरुलाई कारबाहीको माग गर्दै आएका छन् । 

तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

यो पनि