बैशाख २०, २०८१, बिहीबार
               

सत्तारुढ दलका संगठनले बाबुरामविरुद्ध दिएको जाहेरी दर्ता भएन

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुरामविरुद्ध मुद्दा जाहेरी गर्न गएका सत्तारुढ दलका युवा विद्यार्थी नेतालाई प्रहरीले मुद्दा दर्ता नगरी फिर्ता गरेको छ । 

सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने  भन्दै सरकारी वकिलमार्फत अदालतमा जान सुझाब दिई  फिर्ता पठाएको हो । 

सोमबार सत्तारुढ दलका युवासंघ र अनेरास्ववियूका नेताहरु नेताहरु विद्युतीय माध्यमबाट आफ्ना नेताको चरित्रहत्या गरेको भन्दै डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पालाई साइबर अपराधसम्बन्धी मुद्दा दर्ताका टेकु गएका थिए । 

यो पनि