जेठ ०४, २०८१, शुक्रबार
               

ओली–नेपाल पक्षको कोटेश्वमा बैठक भइरहँदा  खुमालटारमा दाहाल–खनाल–गौतम भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाल–ओली पक्ष कार्यदल नै बनाएर नेपाल निवासमा बैठक बसिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टछुट्टै भेटवार्ता गरेका छन् । 

पहिले वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका दाहालले त्यसको केही बेरमा नेकपाका अर्का नेता तथा उपाध्यक्ष वामदेवसँग भेटवार्ता गरेका छन् । 

भेटमा स्थायी कमिटी बैठक तत्काल बोलाउन माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तत्काल बैठक राख्ने पक्षमा छैनन् ।

नेकपाका आजका बैठकले नेकपाभित्रै फरक खालको खिचडी पाकिरहेको आकलन गरिएको छ । नेकपामा अहिले चलिरहेको यो भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।  

यो पनि