काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ।
सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले बतायो ।
यसअघि पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो।