बैशाख २०, २०८१, बिहीबार
               

पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न गर्दै ओली

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

आफ्नै कारणले पार्टीभित्र अन्तरविरोध चर्किएसँगै सङ्कटमा परेका नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को पक्षसँग समझदारीकाे प्रयास जुटेका छन् । 

पार्टीको शक्तिशाली निकाय स्थायी कमिटी बैठक बोलाउन दबाब दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ओली शक्ति बाँडफाँट गरी समझदारी गर्ने प्रयासमा छन् ।

आफ्नै मनमौजीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नैतिक सङ्कट र विवादमा परेका ओलीले स्थायी कमिटी बैठकअघि असन्तुष्ट माधव कुमार पक्षलाई मनाउन साे प्रयास गरेका हुन्।

जसका लागि यतिखेर ओली पक्ष माधवकुमार नेपालसँग पावर सेयरिङकै लागि  छलफलमा छ । प्रधानमन्त्री ओलीले नेता नेपालसँग शक्ति बाँडफाँट गरेर नजिकिने अन्तिम प्रयत्न थालेको बुझिएको छ । नेपाल पक्षले तत्कालीन एमालेको नवौँ महाधिवेशनमा निर्वाचित आफ्नो प्यानलको स्थायी कमिटी सदस्य भेला गरेका थिए ।

आफूविरुद्ध पार्टीमा सशक्त रूपमा आवाज उठेपछि ओली पक्ष रक्षात्मक बन्न लागेको हो ।

‘पार्टीभित्र पूर्वएमालेका पंक्ति सबैलाई हातमा नलिई सरकार चलाउन सजिलो नभएको ठहरसहित प्रधानमन्त्रीले नेपाल पक्षसँग निकटता बढाउन लाग्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

स्थायी कमिटी बैठक बोलाउनुभन्दा अघि नै एक खालको समझदारी गर्ने तयारीमा दुई पक्ष लागेको बताइएको छ । शक्ति बाँडफाँडलगायत विषयमा समझदारी गर्ने भनिए पनि कुन–कुन विषयमा भन्ने खुलेको छैन ।

दुई पक्षबीच वार्ताका लागि ओली र नोपल पक्षका निकट नेताहरू सहभागी हुँदै छन् । ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल छन् । छलफलकै लागि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल काठमाडौं आएका छन् । ओलीकै समूहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसमेत छन् ।

त्यस्तै, नेपाल पक्षबाट वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुँदै छन् । स्थायी कमिटी सदस्यसमेत रहेका रघुजी पन्तले पार्टीका समसामयिक विषयमा छलफलमा आफूहरू जुटेको बताए ।

‘बैठक, छलफल, विचार आदानप्रदान, पार्टीका आन्तरिक जीवनका नियमित प्रक्रिया हुन्, त्यहीअनुसार छलफल भइरहेको छ,’ उनले भने ।

पछिल्लोसमय सरकारको कामकारबाहीप्रति पार्टीभित्र आलोचना र असन्तुष्टि बढ्दै गएपछि ओली पक्ष नेता नेपाल पक्षसँग  बाक्लाे छलफलमा छ।

तर, ती छलफलमा शक्ति बाँडफाँडका विषयमा भने कुरा भएकाे थिएन ।  केही दिनयता ईश्वर पोखरेल, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताले माधव नेपालसँग  छलफलमा गर्दै आएका छन् । 

यो पनि