बैशाख २४, २०८१, सोमबार
               

समाजवादीले दर्ता गराउन खोजेको अपहरणसम्बन्धी जाहेरी दर्ता भएन

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं प्रहरी परिसरले मुद्दा दर्ता नगरिकन फिर्ता गरिदिएको छ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुले दर्ता गर्न खोजेको दायरी दर्ता  नगरी फिर्ता गरिदिएको हो । 

प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन फिर्ता गरिदिएको हो ।

सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको जानकारी दिए । 

‘जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ,’ उनले भने, ‘अहिले प्रहरी परिसर टेकुमा एसएसपी गायब छन् । अहिले जाहेरी लिन नमानेको अवस्था छ ।’

यो पनि