जेठ ०५, २०८१, शनिबार
               

दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार युवा संघले निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । 

सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । 

युवासंघले दुई दलबीचको सहमतिपत्रमा बहुराष्ट्रिय राज्य कायम व्यवस्था रहेको र उक्त व्यवस्था संविधानविपरीत हुने भएकाले सो दल दर्तालाई लिएर निर्वाचन आयोगमा उजुरी गरेको बताएको छ । 

समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्षसमेत रहेका महेश बस्नेत सहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठविरुद्ध अपहरणको जाहेरी दिएसँगै दल दर्ता विरुद्ध निवेदन दर्ता भएको हो ।

आइतबार युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । 

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ ।’

यो पनि