मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनबारे मन्त्रिपरिषदले आज निर्णय गर्दै

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा जारी गरेको लकडाउन थपघटबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आइतबारको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो ।

सो समितिको बैठकले अझै एकसाता लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस समेत गर्ने निर्णय गरेको थियो । सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ ।

काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने र बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे बताइएको छ । सरकारले गत चैत ११ गतेदेखि देशमा लकडाउन गरिरहेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि