मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकलाई बधाई

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश ग्रिन जोनमा रहेको जानकारी दिए । 

करिब पाँच हजार जनाको द्रुत परीक्षण र साढे ५ सयको पिसिआर टेस्ट गर्दा २ जनामा कोरोना देखिएको र ती पनि निको भएपछि मुख्यमन्त्री गुरुङले यस्तो बताएका बताएका हुन् । 

गत चैत ४ गते बेल्जियमबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण भेटिएपछि प्रदेशमा त्रास ठूलो थियो । अहिले कमजोर उपकरण र सीमित स्रोतका बीचबाटै दुवैजनाले कोरोनालाई परास्त गरेर घर फर्केका छन् । 

‘तातोपानी र खानामात्रै खाएर निस्केको हुँ । औषधि केही खाएको छैन,’ कोरोना जितेर शुक्रबार राति डिस्चार्ज भएकी १९ वर्षीया अंशु सापकोटाले भनिन्, ‘मेरो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न डाक्टरहरु र नर्ससहित सबैलाई धन्यवाद छ ।’

उनले यसअघि डिस्चार्ज भएकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले आफ्नो नियमित औषधिबाहेक थप औषधि नखाइ उनीहरु निको भएर घर फर्केको बताए । 

गण्डकी प्रदेशमा कोरोना संक्रमित भएका दुई बिरामी निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरुङले बिरामीको उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । त्यसैगरी उनले कोरोना जितेर घर फर्केका दुवै बिरामीलाई बधाई दिएका छन् । 

‘दुवैजना डिस्चार्ज भएको खबरले अत्यन्तै खुसी तुल्याएको छ। यो अवसरमा म दुवैजनालाई हार्दिक बधाई दिन्छ । साथै, चिकित्सकहरुको सुझाब र सल्लाहबमोजिम आफ्नो स्वास्थ्यको निरन्तर ख्याल गर्न पनि आग्रह गर्छु,’ उनले भने, ‘साधन स्रोतको सीमितताको बीचमा पनि उच्च मनोबल र धीरताका साथ उपचारमा अहोरात्र खट्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापनका सबै अस्पताल परिवारलाई धन्यवाद दिन्छु ।’

यो पनि