जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाले प्रधानमन्त्रीलाई दिए धन्यवाद

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । 

नेपाली कांग्रेस सभापति शेरबहादुरले शुक्रबार बालुवाटारमा भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएको भन्दै धन्यवाद दिएका हुन् । 

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ देउवाले भने,‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्छ ।’

साथै, उनले देशमा कानुनी राज्य भएकाले निष्पक्ष अनुसन्धान गरी अपहरणकारीलाई कारबाही गर्न माग गरेका छन् ।  यसअघि बुधबार राति पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादवलाई अपहरण शैलीमा जनकपुरबाट ल्याएर काठमाडौंको होटलमा ल्याएका थिए । 

पूर्वआइजिपी र सत्तारूढ दलकै सांसदले अपहरणको शैलीमा मान्छे ल्याएको भन्दै उनीहरूको भूमिकाको आलोचना भएपछि विपक्षी दलका नेता शेरबहादुर देउवाले ओलीसँगको छलफलका क्रममा देउवाले कोरोना भाइरस संक्रमण रोकथाम गर्न व्यापक परीक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याउन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

यो पनि