जेठ ०४, २०८१, शुक्रबार
               

मन्त्रिपरिषद् वैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशको चौतर्फी विरोध भइरहेको र फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसअघि हिजो (बिहीबार) साँझ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी शितलनिवास पुगेका थिए।

बिहीबार नेकपाका ६ शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। 

यो पनि