जेठ ०४, २०८१, शुक्रबार
               

रगत अभाव हुन नदिन राप्रपाको रक्तदान

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

रक्तदान समारोहमा सम्बोधन गर्दै राप्रपा नेता बुद्धिमान तामाङ
ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ का कारण लगाइएको लकडाउनले रगतको अभाव भइरहँदा राप्रपाको गैरसरकारी संस्था समन्वय विभागले रक्तदान गरेर सहयोग पुर्‍याएको छ ।

काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले कोरोना भाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत संकलनमा समस्या भइरहेको उल्लेख गर्दै रक्तदान आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले यो अवस्था अझै केही समय लम्बिएर गए देशमा रगतको अभाव हुने बताउँदै मुलुकलाई अप्ठेरोमा पर्दा सहयोगी हुन कार्यकर्तालाई आग्रह गरे ।

रक्तदान गर्दै राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठविभागले लकडाउनको मान्यतामा रही रक्तदान जस्तो पवित्र कार्य गरेको थियो । राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठ, कुन्ती देवी पोखरेल, युवा संगठनका कोषाध्यक्ष गुणराज राजभण्डारी, केन्द्रीय सदस्य सचिन लामिछाने, नेपाली कांग्रेसका महासमिति सदस्य सुरज लामिछाने, काठमाडौं महानगरको न्याय समिति सदस्य सरोज ढकाल,  कल्पना योगीलगायत ६६ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा तारामण्डल महिला सशक्तीकरण अभियानसमेतको सहकार्य थियो ।


कस्तो लाग्यो ?

यो पनि