जेठ ०९, २०८१, बुधबार
               

अध्यादेश फिर्ता लिन कांग्रेसकाे पुन: आग्रह

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई पुनः अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले लोकतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो अग्रह गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा वर्तमान नेकपाको सरकारले देश कोरोनाका कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुईवटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको उल्लेख छ । 

‘लोकतन्त्र माथिको भएको घृणित कार्यको  सबैले भत्र्सना गर्नुपर्ने भन्दै उक्त अध्यादेशहरु तत्काल फिर्ता लिन नेपाली कांग्रेस  पुनः आग्रह गर्छ ,’ जारी विज्ञिप्तिमा भनिएको छ ।

साथै, लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबैजना सजग रहन उनले  आग्रह गरेका छन् । 

जारी विज्ञप्तिमा भनिएको छ, यो अवसरमा बीर योद्धाहरुको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ ।’

यो पनि