बैशाख २५, २०८१, मंगलबार
               

जनता समाजवादी पार्टीले दियो दल दर्ताको निवेदन

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि