जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसले बोलायाे केन्द्रीय कार्यसमिति बैठक

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएकाे छ । कांग्रेसको  केन्द्रीय कार्यसमितिको बैठ वैशाख १७ मा बस्न लागेको हो । 

केन्द्रीय कार्यसमितिको बैठक सरकारले ल्याएका पछिल्ला दुई अध्यादेश छलफलका लागि बोलाइएको कांग्रेसले जानकारी दिएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यलाई  पनि उपस्थितिका लागि आह्वान गरिएको छ । 

कांग्रेसका केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले शासन सञ्चालनको वैधता गुमाएको भन्दै आन्दोलनबारे ठोस निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेपछि कार्यसमितिको बैठक बोलाइएको हो । 

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने गरी सोमबार अध्यादेश ल्याएको छ । 

यो पनि