जेठ ०४, २०८१, शुक्रबार
               

मन नमिले सँगै रहन कुनै पनि कानूनले रोक्दैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थापना दिवसका अवसरमा बुधबार बालुवाटारमा सांसदहरूसँगको छलफलमा पार्टी एक भएर बस्ने वा फुट्ने कुनै कानूनले नरोक्ने बताएका छन् । एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए-‘हामी कुन कानूनअनुसार मिलेको हो ? मन मिलेर पो एक भएका हौं । मन मिलिरहँदा जति प्रतिशत भए पनि मिलेर बस्न सकिहालिन्छ, नमिलेमा जति गरे पनि फुटिहाल्छ ।’ 

प्रधानमन्त्री ओलीले अध्यादेश नेकपालाई लक्षित गरेर नल्याइएकाे  प्रस्ट पारेका थिए। उनले भनेका थिए, ‘संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकातिर ४० प्रतिशत पुऱ्याएर पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको पनि होइन र यो पार्टी त्यसरी फुटाउनका लागि हामीले बनाएको पनि होइन, ।’  प्रधानमन्त्रीले आवश्यकताको सिद्धान्तलाई ध्यान दिएर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको प्रष्ट्याउने प्रयाससमेत गरेका थिए । ‘अध्यादेश के–के न हो जसरी बाहिर उचालियो, त्यस्तो होइन, आवश्यकता महसुस गरेका कारण ल्याएका हौँ ।’

आज भएकाे छलफलमा प्रधानमन्त्रीले गरेकाे विवाद लुकाउने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भने- ''यत्रो मेहनत पार्टी एकता गऱ्याैँ, जनताले विश्वास गरेर झन्डै दुईतिहाइ जनमतसहित झुपडीमा बस्ने गरिब जनताको पक्षमा काम गर्ने अवसर पाएका वेलामा हामीले आफ्नो पार्टी फुटाउने कल्पना पनि गर्न सक्दैन, त्यसैले ढुक्क हुनुस् र जनतालाई पनि त्यही भन्नुस्, मेरो तपाईंहरूलाई आग्रह छ ।’ अर्का अध्यक्ष प्रचण्डले  बडिल्याङ्ग्वेजले समर्थन जनाउनुबाहेक केही बोल्न चाहेनन् भने बिहान ११ बजेदेखि १ बजेसम्म भएको छलफलमा पुरै बसेका प्रचण्ड प्रधानमन्त्री ओली र सांसदहरूको कुरा सुनेर बसे ।

प्रधानमन्त्री ओली र  अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक देव गुरुङ छलफलमा सहभागी छन् । आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

यो पनि