जेठ ०४, २०८१, शुक्रबार
               

पार्टी सुदृढका लागि सकारात्मक पहल चाल्न अध्यक्ष दाहालको अपिल

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न अपिल गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै दाहालले नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई यस्तो अपिल गरेका हुन् ।

‘देशी विदेशी प्रतिक्रियावादी शक्ति नेकपा कमजोर पार्ने प्रयत्नमा लागिपरेको छन्,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको हालको ऐतिहासिक कार्यभार हो ।’

नेकपा स्थापनाको ऐतिहासिक अवसर पारेर विज्ञप्तिमार्फत् नेकपाका नेता तथा कार्यकर्तालाई पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने बताए ।

साथै, उनले पार्टीलाई सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि