जेठ ०४, २०८१, शुक्रबार
               

अध्यादेश फिर्ता लिन कांग्रेसको माग

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग पछिल्ला निर्णय  फिर्ता लिन माग गरेको छ । 

मंगलबार सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाली कांग्रसको पदाधिकारी बैठकले सरकारसँग पछिल्ला निर्णय फिर्ता लिन माग गरेको हो ।

कांग्रेस बैठकले सरकारले संविधानको ठाडो उल्लंघन गरी लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको ठहर गरेको छ । 

बैठकले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको  निर्णयको प्रतिवादमा उत्रिन आग्रह पनि गरेको छ । 

सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्था गरी  अध्यादेश ल्याएको थियो ।

सोमबार मन्त्रिपरिषद्ले पास गराएका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षार गरेपछि सोमबारबाटै कार्यान्वयनमा आइसकेको छ । 

सरकारले जारी अध्यादेश फिर्ता नलिए कानुनी बाटो रोज्नेबारे पनि छलफल भएको सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत,  वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेलको उपस्थित थियो । 

देउवा निवासमा कांग्रेसकाे बैठकले  बुधबार सरकारबाहिर रहेका दलहसँग कांग्रेसले यही विषयमा केन्द्रित भई छलफल गर्ने  तयारी गरेको छ । 

यो पनि