जेठ ०४, २०८१, शुक्रबार
               

अस्थिरता र अराजकता बढाउने गतिविधि नगर्न राप्रपाको सुझाव

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पाटीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत भएको बताएको छ । 

राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हो । 

राप्रपा अध्यक्षत्रय कमल थापा पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारीविरुद्ध मुलुक एकजुट हुनुपर्ने बेलामा अध्यादेश ल्याउनु अनावश्यक र संविधानको भावनाविपरीत हो ।’

सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ ल्याएको थियो ।

त्यसैगरी राप्रपालेसंवैधानिक परिषद् सम्बन्धी ‘अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको छ,’ राप्रपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरू फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ ।’

राप्रपाले मुलुकले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौती सामना गरिरहेका बेला अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न पनि सरकारलाई सुझाव दिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि