बैशाख २८, २०८१, शुक्रबार
               

सरकारले अध्यादेश जारी गरेपछि बाबुराम भट्टराईको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको टिप्पणी गरेका छन् । 

सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

डा. भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप समेत लगाएका छन् ।

सम्पूर्ण देश एकढिक्का भएर केरोना भाइरसबिरूद्ध लड्नुपर्ने समयमा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाणित भएको उनको तर्क छ ।

त्यसैगरी उनले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखे पनि यो गम्भीर अपराध भएको बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ । लोकतन्त्रका हत्यारादेखि सावधान ! ’

यो पनि