जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसले बोलायो विहान ९ बजे आकस्मिक बैठक

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी दुई अध्यादेश जारी गरेपछि नेपाली कांग्रेसले आज विहान ९ बजे आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको स्रोतले जनाएको छ ।

सोमबार दिउँसो सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मन्त्रिपरिषद्को बैठकले जारी गरेको दुई अध्यादेशविरुद्ध छलफल गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो ।

सरकारले सिफारिस गरेका दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै जारी गरेकी थिइन् । साथै, कांग्रेस सभापति देउवाले उक्त अध्यादेश जारी हुनुमा नेपालको इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि