जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना केन्द्रित आमचासो राजनीतिमा रुपान्तरण

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टी विभाजनको अध्यादेशसँगै कोरोनाकेन्द्रित आमचासो राजनीतिक चासोमा रुपान्तरण भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजनीतिक दल विभाजनको सहजताका लागि मन्त्रिपरिषद‍्बाट निर्णय गराएसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेताहरुलाई राजधानी नछोड्न निर्देशन दिएपछि कोरोनाकेन्द्रित आमचासो नेकपा र सरकारमा रुपान्तरण भएको हो ।  

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने गरी मन्त्रिपरिषद्बाट पास गराई अध्यादेश स्वीकृतका लागि  राष्ट्रपतिकहाँ लग्ने तयारी गरेसँगै अर्का अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । 

जसका कारण कोरोनकेन्द्रित चासो नेकपा तथा सरकार फेरबदलकेन्द्रित भएको छ । 

यो पनि