जेठ ०४, २०८१, शुक्रबार
               

सामाजिक दूरी कायम गरी बैठककक्ष तयार गर्न अध्यक्ष तिमिल्सिनाकाे निर्देशन

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसान तिमिल्सिनाले सामाजिक दूरी कायम हुने गरी बैठककक्ष तयार गर्न  निर्देशन दिएका छन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद् भवनको संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठककक्षको निरीक्षण गर्दै सामाजिक दूरी कायम हुने गरी बैठक बस्ने वातावरण बनाउन निर्देशन दिएका हुन् । 

भवनको निरीक्षण गर्दै अध्यक्ष तिमिल्सिनाले भने, 'सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउनुहोस् ।’
साथै, उनले अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन पनि निर्देशन दिएका छन् । 

बैठकको तयारीका सन्दर्भमा प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने  व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् । 

यो पनि