जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना परीक्षणको दायरा बढाउन देउवाको आग्रह

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग कोरोना संक्रमण परीक्षणको दयरा बढाउन आग्रह गरेका छन् ।  

‘परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ,'  आइतबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले अब परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपपर्छ ।’

सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् ।

साथै, उनले विज्ञप्तिमार्फत विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र समुदायलाई यो चुनौतीपूर्ण घडीमा संयम अपनाउन अपिल गरेका छन् । 

‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि