जेठ ०४, २०८१, शुक्रबार
               

महानगरपालिकाको प्रवेशद्वारमा स्यानिटाइजर टनेल

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । 

योसँगै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन साबुन पानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिदै आएकोमा प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरिएको छ । योसँगै अब महानगरस प्रवेश गर्नेहरुको प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन टनेलबाट संक्रमणमुक्त हुने भएको छ । 

महानगरको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइजेसन हुने भएको नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । 

‘यो टनेलको प्रयोगसँगै महानगरमा प्रवेश प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन हुनेछ,’ उनले भने, ‘महामारिकै रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन यो प्रविधि उपयोगी बन्ने विश्वास लिएका छौँ ।’

साथै, उनले गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकामा यस्तो स्यानिटाइजर टनेल आवश्यक रहेको बताए । 

एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न पुग्ने जानकारी दिए । ‘प्रतिव्यक्ति होलबडी स्यानिटाइजर गर्दा तीनदेखि चारबराबरको खर्च हुन्छ,’उनले भने । 

पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरेका हुन् । 

यो पनि