जेठ ०४, २०८१, शुक्रबार
               

अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न काँग्रेसकाे आग्रह

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको बैठकले विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्चस्तरीय कूटनीतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ ।

नेपाली दूतावासलाई नेपालीको हितमा विशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरिएको छ । अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न आवश्यक अध्ययन र तयारी सुरु गर्न बैठकले सरकारलाई आग्रह गर्दै उद्धारपश्चात् देशभित्र गर्नुपर्ने व्यवस्थापनबारे पूर्वतयारीमा ढिलाइ नगर्न पनि सजग गराएको छ ।

महाकाली पारी धार्चुला आइपुगेका नागरिकलगायत अन्य सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकामा दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परीक्षणपश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन पुनःमाग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि