जेठ ०४, २०८१, शुक्रबार
               

तत्काल घुम्ती शिविर सञ्चालन गर्न तीनै तहका सरकारसँग कांग्रेसको अपिल

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिब दुई लाख मानिस नेपाल प्रवेश गरेको भन्दै तत्काल घुम्ती शिविर चलाउन माग गरेको छ । 

यसरी प्रवेश गरेकाहरुमध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै सरकारसँग यस्तो माग गरेको हो । 

‘बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने एसिम्टोम्याटिक रहेछ भने त्यसले भयावह स्थिति निर्माण हुनसक्छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म घुम्ती परीक्षण शिविर चलाउने तयारी तत्काल सुरु गर्न तीनै तहको सरकारलाई अपील गर्छ ।’

यो पनि