जेठ ०१, २०८१, मंगलबार
               

राजपाद्वारा सीमा नाकामा निगरानी बढाउन माग

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सीमा नाकामा थप सुरक्षाकर्मी बढाइ निगरानी बढाउन माग गरेको छ । 

छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रूप लिइरहेको बेला राजपाले बुधबार एक विज्ञप्ति जारी गर्दै नाकामा थप कडाइ गर्न सरकारसँग माग आग्रह गरेकाे हो ।

छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले खुला सीमानामा अझ निगरानी बढाउनुपर्ने भएकाले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्न राजपाले आग्रह गरेकाे हो । 

‘उपत्यकाबाट नागरिक बाहिरिएपछि कतिपय स्थानमा झडपको अवस्थासमेत सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनपछि उपत्यकालगायत देशका विभिन्न भागमा मानिसहरू अलपत्र परेका छन् ।’

राजपाले त्यस्ता नागरिकका लागि सम्बन्धित वडाबाट तत्काल राहतको व्यवस्था मिलाउन माग गरेको छ । यसबारे पटक–पटक सरकारले निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको राजपाको औँल्याएको छ । 

त्यस्तै सिंहले स्वास्थ्यकर्मीहरूलाई तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेका छन् । साथै, उनले कोरोनाविरुद्ध लड्न सिंगो देश एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि