जेठ ०४, २०८१, शुक्रबार
               

वैशाख १५ गतेसम्म लकडाउन लम्बियो

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना लकडाउनकाे समय वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । बैठकले १८ वैशाखसम्म सबै सीमानाका बन्द जारी राख्ने निर्णय समेत गरेको छ । 

मंगलबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप १२ दिन  बढाएर १५ वैशाखसम्म पुर्‍याएको हो ।

चौँथो पटक मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउने निर्णय गरेको हो । सरकारले पहिलोपटक ११ चैतदेखि लकडाउन लागू गरेको थियो।  नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि लकडाउन गरिएको हो।संक्रमित बढ्न थालेपछि सरकारले लकडाउनको अवधि पनि बढाउदै लगेको हाे ।

 

यो पनि