बैशाख २०, २०८१, बिहीबार
               

कोरोना संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा रहनेहरुको सुरक्षा सरकारले गर्छ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाड‌ाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट प्रभावितहरुको रोजीरोटीको व्यवस्था गरी देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् ।

सोमबार नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

साथै,  उनले अप्ठेरो घडीमा पनि  विचलित नहुन आमनागरिकलाई अपिल पनि गरेका छन् । 

अनिकालमा घरभित्रका भाँडाहरु बज्ने बताउँदै त्यसलाई रडाको मच्चिएको ठान्नु भूल ठूलो भूल हुने उनले बताए । 

‘मन आत्तिएको, भत्किएको बेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ, गरेको पुगेन कि भन्ने लाग्न सक्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ ।’ 

साथै, उनले कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिने बताएका छन् । 
‘सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइनेछ, सँगसँगै रोजीरोटीको जोहो गरिनेछ,’ उनले भने, ‘मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले नै मिलेर गर्नुपर्दछ ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा पनि हो ।’

उनले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणासमेत गरेका छन् । 

प्रधानमन्त्रीको हैसियतमा आफूले पाउने पारिश्रमिक कोरोना भाइरसको राहत कोषमा जम्मा गर्ने उनले बताए । 

ओलीले आफ्नो ज्यानलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यावसायिक सुरक्षामा कुनै कमी हुन नदिने बताएका छन् । 

साथै, उनले कोरोकना संक्रमण  नियन्त्रणमा फन्टलाइन रहनेहरुको हिफाजत सरकारले हरतरहले गर्ने बताए । 


 

यो पनि