बैशाख २०, २०८१, बिहीबार
               

कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली कुवेतमा रहेका नेपालका बारेमा बुझ्न समकक्षीसँग मंगलबार दिउँसो फोन सम्वाद गरेका छन् ।

कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग भएको टेलिफोन सम्वादमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेको प्रधानमन्त्रीले ट्विटमार्फत जानकारी दिएका हुन् ।

जवाफमा कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ट्विटमा लेखेका छन्, 'आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ ।'


कस्तो लाग्यो ?

यो पनि