जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ । 

प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्ने  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नेछन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको छ ।

यो पनि