काठमाडौँ । मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
लगानी बोर्डको प्रमुख रहेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बनाउने मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षको लागि अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।