जेठ ०३, २०८१, बिहीबार
               

राप्रपा नेता सुवेदीको निधन

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

राप्रपाका पूर्व सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ ।

लामो समय निजामती सेवाको अनुभव सम्हाली राप्रपाको राजनीतिमा होमिएका सुवेदीको ६५ वर्षको उमेरमा अमेरिकाको डालसमा निधन भएको हो ।

सुवेदी तत्कालीन राप्रपा नेपालको मुख्य सचिव थिए । अघिल्लो एकीकरणपछि उनी राप्रपाको सहकोषाध्यक्ष बनेका थिए ।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष कमल थापा स्थानीय विकासमन्त्री रहेको बेला उनी थापाको निजी सचिवालयमा कार्यरत थिए । त्यसपछि उनले सरकारी सेवामा रहुन्जेल थापालाई सरकारी कामकाजमा सहयोग पुर्‍याएका थिए ।

सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले गहिरो दुख व्यक्त गरेका छन् । थापाले आफ्नो जीवनमा आएको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको जनाएका छन् ।

दिवंगत सुवेदीका श्रीमती र दुई छोरा छन् ।

 


कस्तो लाग्यो ?

यो पनि