जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउनमा पनि भारतबाट अत्यावश्यक सामग्रीको आयात नियमित, राजस्व संकलन भने खुम्चियो

ADVERTISEMENT

 

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल र भारत दुवै मुलुकमा लकडाउन गरिए पनि भारतबाट अत्यावश्यक बस्तुको आयात भने रोकिएको छैन । चीनबाट आयात नभए पनि भारतबाट भने पर्याप्त सामग्री आयात भइरहेको हो । दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने ग्यास, पेट्रोल, डिजेलजस्ता सामग्रीहरू आयात भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

‘विगतको भन्दा कम परिणाममा सामान आयात भए पनि आयातको क्रम भने लकडाउनले रोकिएको छैन, दैनिक आवश्यक खाद्यवस्तु, तरकारी, खाना पकाउने ग्यासजस्ता सामग्रीहरू भने आयात भइरहेको छ, यो सङ्कटको समयमा भारतबाट ठुलो सहयोग प्राप्त भइरहेको छ ।’

तीन महिनाअघि जनावरीमा चीनमा कोरोना सङ्क्रमण फैलँदा त्यहाँबाट आयात रोकिएको थियो । तर भारतमा अहिले सङ्क्रमण बढिरहँदा आयातमा प्रभाव नपरेको सरकारी अधिकारीहरूको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि त्यसलाई रोकथाम गर्न नेपाल र भारत दुवै देशले ‘लकडाउन’ गरेका छन् । सीमा नाकाहरूबाट मानिसको आवतजावत बन्द गरिएको छ ।

तर भारतसँगका अधिकांश प्रमुख नाकाहरूबाट मालवाहक सवारीसाधन भने निर्बाध रूपमा आवतजावत भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए ।

‘विगतको भन्दा कम परिणाममा सामान आयात भए पनि आयातको क्रम भने लकडाउनले रोकिएको छैन, दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने ग्यासजस्ता सामग्रीहरू आयात भइरहेको छ, यो सङ्कटको समयमा भारतबाट ठुलो सहयोग प्राप्त भइरहेको छ ।’

कुन नाकाबाट के आइरहेको छ ?
लकडाउनयता मेची भन्सारबाट तरकारी आयात भइरहेको छ । त्यस्तै वीरगन्जबाट औषधि तथा औषधिजन्य बस्तुको आयात भइरहेको छ । भैरहवाबाट ग्यास, पेट्रोल तथा इन्धनजन्य बस्तुहरू आयात भइरहेछ । 

तर आयातको परिणाम भने सामान्य अवस्थामा भन्दा केही कम भएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए । ‘नेपालमात्र मात्र होइन, भारतमा पनि लकडाउन छ, तर नाकामा कुनै अवरोध छैन । आउने सामानहरू आइरहेका छन्, जाँच पास भइरहेका छन्,’ घिमिरेले भने । यस्तै कञ्चनपुरको रुपैडिया नाकाबाट पनि अत्यावश्यक बस्तुहरूको आयात भइरहेको छ।

राजश्व घट्यो

सामान आयातमा कमी भएसँगै लकडाउनयता राजश्व सङ्कलन भने ठुलो परिमाणमा घटेको छ । वीरगन्ज भन्सारबाट लकडाउनअघि दैनिक पाँच– छ सय गाडीबाट सामान आयात हुने गर्थ्यो । तर अहिले अत्यावश्यक सामग्री मात्र आयात भएपछि परिमाण घटेको छ । 

अहिले खाद्यन्न, तरकारी ग्याँसलगायतका एक सय जति गाडीमा अत्यावश्यक माल बस्तु आयात भइरहेको प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारी बताउँछन् । ‘विगतमा दैनिक बाइस, तेइस, करोड रुपैयाँ राजश्व सङ्कलन हुन्थ्यो भने अहिले घटेर दुई–तीन करोड रुपैयाँमा झरेको छ,’ भण्डारीले भने ।

वीरगन्ज भन्सारबाट पहिले दिनको ६ सय गाडी आउँथे भने अहिलेले ६०–७० वटा मात्रै आइरहेका छन् । ‘दिनको पचास करोड रुपैयाँ राजश्व उठ्ने गरेकोमा अचेल दिनको पाँच–छ करोड मात्रै उठिरहेको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढुण्डिप्रसाद निरौला भन्छन् ।

चीनसँगको नाका अझै ठप्प

दैनिक उपभोग्य सामानको आयात सहज बनाउन भन्दै चीनसँग जोडिएका नाका खुलाउने सरकारी प्रयास भने अझै सफल हुन सकेको छैन । आठ वटा उत्तरी नाकाबाट नेपालले मालसामान ढुवानी गर्न तिब्बती राजमार्गको प्रयोग गर्न पाउने विषयमा विगतका सम्झौता भए पनि कार्यान्वयनमा आएको छैन ।

उत्तरी नाका खोल्ने विषयमा विगतमा पटकपटक द्विपक्षीय संवाद र कूटनीतिक पहलहरू भए पनि असफल जस्तै बनेका छन् । मुख्य नाकाहरू तातोपानी र रसुवागढी खोल्ने निर्णय भए पनि कार्यान्वयनमा भने आउने सकेको छैन । बझाङ, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फको व्यापारिक नाकाहरू पनि बन्द अवस्थामा छन् । 

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि