जेठ ०३, २०८१, बिहीबार
               

लकडाउन चैत २५ सम्म, केही राहतका कार्यक्रम घोषणा

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

सरकारले देशभर लगाएको लकडाउनको समय थपेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय थपेको हो ।

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले सोही अवधिसम्मका लागि सीमा नाका बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । तर यसअवधिमा पनि अत्यावश्यक तथा खाद्य बस्तुको आपूर्ति भने नियमित रूपमा हुनेछ ।

मजदुर तथा विपन्न परिवारका लागि लकडाउन अवधिभर राहत दिने निर्णय पनि सरकारले गरेको छ । राहत के कस्तो र कसरी दिने भन्ने विस्तृतमा खुलाइएको छैन ।

यसबीचमा खाद्य संस्थानबाट उपलब्ध हुने खाद्य सामग्रीमा १० प्रतिशत छुट दिइने छ ।

औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको तलब रोजगारदाताले नै तलब दिनुपर्ने व्यवस्था सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत महिनाको तलब रोजगारदाता कम्पनीले नै दिने बताए ।

यसबीचमा तिर्नुपर्ने सवारी नवीकरण दस्तुर, विद्युत् तथा टेलिफोन महसुल वैशाख मसान्तसम्म बुझाउन सकिने र यसअवधिमा विलम्ब शुल्क नलाग्ने जानकारी पनि सरकारका प्रवक्ता खतिवडाले दिए ।

त्यसै गरी सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।

 

यो पनि